site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रिलायन्स स्पिनिङ मिल्सको आईपीओबार‍े लेखा समितिले उठायो प्रश्न

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सको महँगो प्राथमिक सेयर (आईपीओ)का बारेमा प्रश्न उठाएको छ । मंगलबार समितिले हाल सतहमा आएका विषयलाई स्पष्ट पार्न नेपाल धितोपत्र बोर्डलाई सात दिनको समय दिएको हो ।

बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्दा अपनाउने विधि र संस्थागत लगानीकर्ताले कतिमा खरिद गर्न आवेदन दिए भनेर पनि प्रश्न सोधेको छ ।

त्यस्तै, कम्पनीले 'झुटा विवारण बुझाएर आईपीओ निष्कासन गर्न खोजेको हो वा के हो ?' यसलाई पनि स्पष्ट पार्न बोर्डलाई भनेको छ ।

केही महिनाअघि संस्थागत लगानीकर्ताले ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँभित्र बोलकबोल गरेर बुक बिल्डिङ विधिमार्फत यस कम्पनीको सेयर खरिद गरेका थिए । संस्थागत लगानीकर्ताले यसरी महँगोमा सेयर खरिद गरेपछि कम्पनीले त्यसमा १० प्रतिशत कम गरेर सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको छ ।

पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीका लागि कम्पनीले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा आईपीओ निष्कासन गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असार २७ गतेदेखि साउन १० गतेसम्म समय दिएको छ ।

तर, कम्पनीले आईपीओ निष्कासनका लागि दिएको विवरण र अहिलेको यथार्थमा फरक परेको छ । यो विषय पनि स्पष्ट पार्न बोर्डलाई समितिले भनेको छ । कम्पनीले चालु आर्थिक वर्षको असार मसान्तसम्म सात अर्ब १७ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण गरेको थियो ।

तर, गत चैतसम्म कम्पनीले दुई करोड ६३ लाख २३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो कम्पनीले नै प्रकाशन गरेको चैत मसान्तसम्मको विवरण हो । त्यस्तै, कम्पनीले असार मसान्तसम्म प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९० पैसा पुर्‍याउने अनुमान गरेको थियो ।

चैत मसान्तसम्म प्रतिसेयर आम्दानी २.०८ पैसा छ । प्रतिसेयर आम्दानी असार मसान्तसम्म प्रक्षेपण गरेअनुसार पुर्‍याउन नसक्ने स्पष्ट छ । अहिले उद्योग सोचेजस्तो चलेको छैन । यस्तो अवस्थामा धितोपत्र बोर्डले आँखा चिम्लिएर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ ।

यसमा धितोपत्र बोर्ड मात्र हैन संस्थागत लगानीकर्ता पनि मिलेको देखिएको एक विज्ञको टिप्पणी छ ।

गत वर्षको असार मसान्तसम्म ५४ रुपैयाँ ३४ पैसा प्रतिसेयर आम्दानी भएको कम्पनीको केही महिनामै प्रतिसेयर आम्दानी कसरी दुई रुपैयाँमा झर्‍यो भनेर पनि लेखा समितिले प्रश्न गरेको छ । 

Lekha-samiti-IPO-1720538031.jpg
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  २०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro