site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘रवि लामिछाने क्लब’बाट निकालिएँ : मुकुल ढकाल 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदमुक्त गरेपछि डा. मुकुल ढकालले ‘घण्टी बज्न नरोकिने’ प्रतिक्रिया दिएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले आफू ‘रवि लामिछाने क्लब’बाट निष्कासित भएको टिप्पणी गरेका हुन् ।

‘रविको पार्टी’बाट रास्वपा बनाउने संकल्प नरोकिने उनले उल्लेख गरेका छन् । “रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन । रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन । घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि...,” ढकालले फेसबुकमा लेखेका छन् ।

रास्वपा केन्द्रीय समितिको मंगलबार बसेको बैठकबाट उनलाई पार्टीको महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ । उनलाई साधारण सदस्य भने राखिएको कार्यवहाक प्रवक्ता मनीष झाले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro