site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हटाइयो ओसिन सिटौलाले चलाएको 'इट्स माई सो'को विवादित क्लिप

काठमाडौं । कान्तिपुर टेलिभिजनमा ओसिन सिटौलाले चलाएको 'इट्स माई सो'को विवादित क्लिप हटाइएको छ । प्रेस काउन्सिल नेपालको निर्देशनपछि टेलिभिजनले कलाकारको नाम जोडिएको विवादित अभिव्यक्ति रहेको क्लिप हटाएको हो ।

दुई साताअघि प्रसारित 'सो'बाट व्यक्तिगत गोपनीयता हनन गरिएको भन्दै विवादित बनेको थियो ।

त्यसपछि प्रेस काउन्सिल नेपालले स्वअनुगमन गरेर 'सो'बारे प्रस्ट पार्न २४ घण्टे पुर्जी काटेको थियो । टेलिभिजनले दिएको लिखित जवाफ चित्त नबुझेपछि काउन्सिलले प्रस्तोता सिटौलासहितलाई बयानका लागि बोलाएको थियो ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसहितको उपस्थितिमा टेलिभिजनको टोलीले नै त्यस्ता प्रसंग आएकोमा माफी मागेको थियो । प्रेस काउन्सिलले त्यस्ता विवादास्पद सामग्री तत्काल हटाउन र त्यसको जानकारी युट्युब च्यानलसहित माध्यममा गराउन लिखित निर्देशन दिएको थियो ।

प्रेस काउन्सिलसमक्ष प्रस्तोता सिटौलाले व्यक्तिगत लाञ्छना लगाउने, आचारसंहिताविपरीत हुने गरी आफूले कुनै काम नगर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

प्रेस काउन्सिलले पछिल्लो समय विभिन्न मिडियामा आएका आचारसंहिताविपरीतका सामग्री, हुबहु कपी गरी दिएका सामग्री र बार्गेनिङ गरेका मुद्दामा सक्रियता देखाइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  २१:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro