site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओसिन सिटौलाको 'सो' विवाद : प्रेस काउन्सिलले कान्तिपुर टेलिभिजनलाई काट्यो पुर्जी

काठमाडौं । प्रेस काउन्सिल नेपालले कान्तिपुर टेलिभिजनमा ओसिन सिटौलाले चलाएको 'सो'मार्फत गोपनीयता हनन् भएको निष्कर्ष निकालेको छ । 

अतिथिका रूपमा स्वस्तिमा कार्की र साम्राज्ञी राज्यलक्ष्मी शाह सहभागी 'सो' विवादमा तानिएपछि काउन्सिल आफैँ अनुगमन गरेको थियो । प्रारम्भिक अनुगमनका क्रममा 'सो' आपत्तिजनक देखाएपछि काउन्सिलले आज टेलिभिजनलाई पुर्जी काटेको काउन्सिलका एक सदस्यले जानकारी दिए ।

पुर्जीपछि काउन्सिलले अब टेलिभिजनका पदाधिकारीलाई बयानका लागि बोलाएर माफी माग्न लगाउने, सम्पादन गर्न लगाउने र कालो सूचीमा राख्ने सम्मको कारबाही गर्न सक्छ । 

कार्यक्रममा प्रस्तोताले सोधको प्रश्न र अतिथिले दिएका जवाफले कसैको वैयक्तिक जीवन एवं गोपनीयता प्रतिकूल हुने ढंगले प्रस्तुत गरेको काउन्सिलको निष्कर्ष छ । 

काउन्सिलको पत्रमा 'सो'का प्रस्तुतकर्ता र अतिथिका समग्र प्रस्तुति, प्रयुक्त भाषा, लबज समेतमा प्रश्न उठाएको छ । 

पत्रमा कसैलाई अनुचित हानी पुर्‍याउने, अवहेलना, मानमर्दन हुने प्रकृतिको जवाफको अपेक्षा गर्दै कार्यक्रमको प्रारूप तयार गर्ने र त्यसउपर व्यक्त भएका जवाफ बिनासम्पादन सम्प्रेषण भएको विषयमा पनि प्रश्न गरिएको छ ।

काउन्सिलले कान्तिपुर टेलिभिजनलाई २४ घण्टाभित्र दिन जवाफ भनेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro