site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सगरमाथामा फोहोरको थुप्रो, शेर्पा भन्छन्– सफा गर्न वर्षौँ लाग्छ

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आसपास फोहोरको थुप्रो लागेको र यसलाई सफा गर्न वर्षौँ लाग्न सक्ने सफाइ अभियानमा खटिएका एक शेर्पाले बताएका छन् ।

यो वर्षको आरोहण समयमा नेपाल सरकारले खटाएको सेना र शेर्पाको टोलीले ११ टन फोहोर, चार शव र कंकाल हटाएको थियो ।

सफाइमा शेर्पाहरूको नेतृत्व गरिरहेका आङबाबु शेर्पाले ४०/५० टन फोहोर अझै पनि साउथ कोलमा भएको जनाएका छन् । साउथ कोल अन्तिम शिविर हो, जहाँबाट आरोही शिखरतर्फ लाग्छन् ।

त्यहाँ रहेका फोहोरमा धेरैजसो पुरानो टेन्ट, केही प्याक गरिएका खाद्यान्न, ग्यासको कारतुस, अक्सिजनका बोतल, टेन्ट प्याक्स, डोरीलगायत सामान फ्रोजन अवस्थामा आठ हजार मिटरमाथि भएको उनले जनाएका छन् ।

सन् १९५३ मा उक्त शिखर पहिलोपटक आरोहण गरिएको थियो । त्यसयता हजारौँ मानिसले सगरमाथाको आरोहण गरिसकेका छन् । उनीहरूले त्यसक्रममा थुप्रै फोहोर पनि छोडेर गएका छन् ।

पछिल्ला वर्षमा सरकारले आरोहीले फोहोर फिर्ता ल्याउनुपर्ने नत्र डिपोजिट गुमाउनुपर्ने व्यवस्था गरेको छ । त्यसपछि फोहोर फाल्न कम भएको छ । तर, दशकौँअघिको फोहोर यथावत् छ ।

आङबाबु भन्छन्, “धेरैजसो फोहोर पुरानो आरोहणको छ ।”

साउथ कोल क्षेत्रमा काम गर्न मौसमले निकै चुनौती सिर्जना गर्ने उनले बताए । फोहोर आइसमा मिलेको हुने र त्यो फुटाउन निकै गाह्रो हुने उनको भनाइ छ । एजेन्सी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro