-1739104331.jpg)
काठमाडौं । केही दिनयता देशमा गर्मी बढेको छ । केही ठाउँमा दिनमा घाम लाग्ने, रातमा पानी पर्ने पनि भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार (जेठ १८) काठमाडौंको अधिकतम तापक्रम ३१ डिग्री सेल्सियस मापन गरिएको छ ।
काठमाडौंको हालसम्मकै उच्च तापक्रम ३६.६ डिग्री हो । सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री पुगेको थियो । त्यसयता उक्त ‘रेकर्ड ब्रेक’ नभएको महाशाखाले जनाएको छ ।
महाशाखाले आइतबार सार्वजनिक गरेको देशका २१ स्थानको विवरणमध्ये भैरहवाको अधिकतम तापक्रम सबैभन्दा बढी ३९.५ डिग्री सेल्सियस छ ।
धनगढीको ३८.२, नेपालगन्जको ३८.४ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै, सिमराको ३६.६, जनकपुरको ३६.८ वीरेन्द्रनगरको ३५.२ डिग्री सेल्सियस मापन गरिएको छ ।
नेपालमा हालसम्मकै उच्च तापक्रम सन् १९९५ मा मापन गरिएको थियो । १९९५ जुन ५ मा धनगढीको अधिकतम तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो । सन् १९९५ मा नेपालगन्ज र भैरहवामा ४५ डिग्री तापक्रम पुगेको थियो ।
महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।
आइतबारको तापक्रमको विवरण हेर्नोस्–