site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चित्रबहादुर केसीको प्रश्न– कांग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरीबन्धु प्रकरणबाट चोखिन हो ?

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थी र गिरीबन्धु टी–इस्टेट प्रकरण ढाकछोप गर्न नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सहकार्य भएको भए मान्य नहुने चेतावनी दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले त्यस्ता काण्डबाट आफूलाई चोख्याउन कांग्रेस–एमालेले नयाँ सत्तासमीकरण बनाएको भए त्यो नेपाली जनतालाई मान्य नहुने बताएका हुन् ।

नयाँ–पुराना सबै दलहरू भ्रष्ट छन् भन्ने जनतालाई थाहा भएको भन्दै उनले विगतमा गरेका गल्ती सच्याएर अघि बढ्न अब बन्ने सरकारलाई सुझाव दिए । एमालेले सरकारको नेतृत्व गर्ने भन्ने चर्चाप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे । संसद्को ठूलो दल कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने उनको भनाइ थियो ।

Dabur Nepal
NIC Asia

अध्यक्ष केसीले नेपाली जनताले राजनीतिक पार्टीप्रति घृणा गरिरहेको उल्लेख गरे । त्यसलाई चिर्ने गरी अब बन्ने सरकारले काम गर्नुपर्ने उनले बताए ।

प्रतिनिधिसभा बैठक चित्रबहादुर केसीको भनाइ पढ्नोस्–
मैले अहिले यहाँ देखेँ, दोहोरी । कोही यहाँ नयाँ भर्खरै आएका जस्ता, कोहीचाहिँ पुराना । कतिपयचाहिँ सत्तामा बस्दा नेपालमा असाध्यै सुशासन दिएको, भ्रष्टाचार उन्मूलन गरेको, देशको सार्वभौमिकता, अखण्डताको रक्षा गरेको, त्यस्तो गरेको/नगरेको त नेपाली जनतालाई थाहा छ नि ! अहिले जुन यहाँ पनि कुरा आयो, यदि भ्रष्टाचारलाई छामछुम पार्नका लागि, भुटानी शरणार्थीको काण्डमा र गिरीबन्धु टी–इस्टेटको काण्डमा दुईवटा ठूला पार्टीको सम्झौता हो भने यो नेपाली जनतालाई मान्य हुन्न । त्यसकारण यहाँ कसैले पनि रोस्ट्रमबाट आफ्नो सफाइ दिए पनि नेपाली जनताले भोगिराखेका छन्, देखिराखेका छन् । त्यसकारणले को चोखो छ ? भ्रष्टाचारबाट कुन पार्टी मुक्त छ ? त्यसकारण यसभन्दा पहिलेको जुन गठबन्धन थियो, त्यो गठबन्धन बन्नुको पछाडि के थियो ? हामी २०७४ मा वामपन्थीहरू एकै ठाउँमा भएका थियौँ नि, त्यो वामपन्थीहरूको सरकार भत्काउनुको औचित्य के थियो ? त्यो भत्काएकोमा सर्वोच्च अदालतले बेठिक भयो भनेपछि फेरि अर्कोचोटि पनि भत्काएको होइन ? अनि, त्यसको सफाइ दिने बेलामा चाहिँ एमाले बचाउनका लागि भन्ने कुरा आयो, होइन ? त्यसकारणले सबैको हविगत देखिएको छ । संसद्भित्रका राजनीतिक दलहरू साना, ठूला, नयाँ, पुराना सबैलाई नेपाली जनताले देखेका छन् । जानेका छन् । बुझेका छन् । आफ्नो भ्रष्टाचारलाई लुकाउन, जोगाउनका लागि यो खेल भएको हो भने यो राम्रो कुरा होइन । मैले एक वर्ष पहिले नै भनेको थिएँ– तपाईंहरू संसदीय व्यवस्था मान्नुहुन्छ, सबैभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्नु पर्दैनथ्यो ? किन यसबेला आएर बल्ल निन्द्रा खुल्यो ? त्यो पनि सबभन्दा ठूलाले होइन, माइलो पार्टीले गर्दै छ । यसमा पनि दालमा काला हए ! भोलिका दिनमा नेपाली जनताले बुझ्दै जानेछन् । हाम्रो तपाईंहरूलाई सुझाव के हो भने– राजनीतिक पार्टीहरूप्रति नेपाली जनताको असाध्यै घृणा छ, नेपाली जनताले हामीलाई त्यसै घृणा गरेका हुन् ? किन घृणा गरिराखेका छन् भने राजनीति गर्ने भनेको कमाउने, पैसा जम्मा गर्ने र आउँदो चुनावलाई करोडौँ रकम जम्मा गर्ने । जोसुकै होस्, चाहे नयाँ आएकाका कुरा गरौँ, चाहे पुरानाका कुरा गरौँ, सरकारमा बस्नेहरूबाटै सहकारीमा अर्बौँको हिनामिना भएको होइन र ? यो नेपाली जनताले बुझेका छैनन् ? यो लोकतन्त्र, गणतन्त्र हामीबाटै खतरा छ । अहिलेसम्म जो भयो भयो, विगतका गल्ती–कमजोरीलाई स्वीकार गरेर अघि बढ्नुपर्छ । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro