अर्थ व्यवसाय

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको नयाँ कार्यसमिति गठन भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा अजय ढुंगाना चयन भएका छन् ।
गत शुक्रबार सम्पन्न अधिवेशनले ढुंगानाको अध्यक्षतामा नौजनाको कार्यसमिति आगामी दुई वर्षका लागि चयन गरेको हो ।
कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष गौरव विष्ट र एलिजा फुयाँल, सचिवमा नमुना जोशी तथा कोषाध्यक्षमा गौरव बराल चयन भएका छन् । सदस्यमा विनोद महर्जन, प्रशान्त राई, सुदीप घिमिरे र रवीन्द्रदेव भट्ट चयन भएका छन् ।
प्रकाशित मिति: सोमबार, असार १७, २०८१ १२:०१
प्रतिक्रिया दिनुहोस्