site stats
बाह्रखरी :: Baahrakhari
देश
चितवनको होटेलमा चिनियाँ नागरिक मृत फेला
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । चितवनमा एक चिनियाँ नागरिक मृत फेला परेका छन् । चितवन बीपी कोइराला क्याक्सर अस्पताल अगाडिको वर्षाना होटेलको ११९ नम्बर कोठामा बस्दै आएका ५६ वर्षीय पियान छासिंङ आज बिहान मृत फेला परेका हुन् ।

उनी १० असारदेखि सोही होटेलमा बस्न थालेको खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए ।

प्रहरीका अनुसार उनी क्यान्सरपीडित समेत भएको खुलेको छ । उपचारकै लागि पियान चितवन पुगेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्