site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विश्वकप फाइनलमा भारतले दक्षिण अफ्रिकालाई दियो १७७ रनको लक्ष्य

काठमाडौं । ओपनर विराट कोहलीको अर्धशतकप्रेरित भारतले आईसीसी ट्वान्टी–२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकासामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । शनिबार ब्रिजटाउनमा टस जितेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७६ रन बनाएको हो ।

भारतबाट कोहलीले ७६ रन बनाए । उनले ५९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । कोहलीले ३४–३ को अवस्थाबाट अक्षर पटेलसँग चौथो विकेटका निम्ति ७४ रनको साझेदारी गर्दै भारतको इनिङ उकासेका थिए । पटेलले ३१ बलमा एक चौका र चार छक्कासहित ४७ रन बनाए ।

कोहलीले १०६–४ को अवस्थाबाट पाँचौँ विकेटका निम्ति ५७ रनको साझेदारी गरेपछि भारत बलियो योगफलसम्म पुगेको हो । शिवम दुवेले १६ बलमा तीन चौका र एक छक्कासहित २७ रन जोडे ।  

दक्षिण अफ्रिकाका केशव महारेज र एनरिक नोर्ट्जेले दुई/दुई विकेट लिए । मार्को जान्सेन र कगिसो रबाडाले समान एक विकेट लिए ।

ट्वान्टी–२० विश्वकपको इतिहासमा भारत तेस्रोर दक्षिण अफ्रिका पहिलोपटक फाइनलमा आएका हुन् । जारी विश्वकपमा फाइनलसम्मको यात्रा तय गर्दा दुवै टिम हारेका छैनन् । ट्वान्टी–२० विश्वकपको इतिहासमा पहिलोपटक दुवै टिम अपराजित रहँदै फाइनलसम्म आएका हुन् ।

क्रिकेटको सबैभन्दा सानो संरचनाको यो विश्वकपले पहिलोपटक अपराजित विश्व च्याम्पियन पाउने निश्चित छ । दुवै टिम अपराजित रहँदै विश्वकपको नवौँ संस्करणको च्याम्पियन बन्ने लक्ष्यमा छन् ।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  २१:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro