देश
काठमाडौं । पछिल्लो एक घण्टामा कपिलवस्तु र पाल्पाका विभिन्न स्थानमा भारी वर्षा भएको छ । कपिलवस्तुको भगवानपुर, तौलिहवामा भारी वर्षा भएको छ ।
पाल्पाको बल्ड्याङगढी वर्षामापन केन्द्र र आसपास क्षेत्रमा पनि सामान्यदेखि भारी वर्षा मापन भएको छ । उक्त क्षेत्रमा थप वर्षाको सम्भावना छ ।
त्यसैले उक्त क्षेत्र भएर बहने तिनऊ, जमुवार खोलालगायत अन्य स–साना खोलाहरूको बहाव बढ्ने हुनाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असार १५, २०८१ १३:०७
प्रतिक्रिया दिनुहोस्