site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ट्वान्टी–२० विश्वकप : फाइनलमा पहिलोपटक दुवै अपराजित टिम
Siddhartha BankSiddhartha Bank

काठमाडौं । दोस्रो सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डविरुद्ध ६८ रनको जित निकालेसँगै भारतले आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधिका निम्ति दक्षिण अफ्रिकालाई प्रतिद्वन्दीको रूपमा पाएको छ ।

बिहीबार राति भएको खेलमा भारतले प्रस्तुत गरेको १७२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्ड १०३ रनमै समेटिएको थियो । त्यसअघि पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानविरुद्ध नौ विकेटको सहज जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो । विश्वकपको इतिहासमा भारतले तेस्रोपटक र दक्षिण अफ्रिकाले पहिलोपटक ट्वान्टी–२० विश्वकपको फाइनलमा स्थान बनाएका हुन् ।

जारी विश्वकपमा फाइनलसम्मको यात्रा तय गर्दा दुवै टिमले हालसम्म हारको सामना गरेका छैनन् । ट्वान्टी–२० विश्वकपको इतिहासमा पहिलोपटक दुवै टिम अपराजित रहँदै फाइनलसम्म आएका हुन् । योसँगै क्रिकेटको सबैभन्दा सानो संरचनाको यो विश्वकपले पहिलोपटक अपराजित विश्व च्याम्पियन पाउने निश्चित भएको छ । फाइनलअघि दुवै टिम अपराजित रहँदै विश्वकपको नवौँ संस्करणको च्याम्पियन बन्ने लक्ष्यमा छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विश्वकपको समूह चरणमा भारत समूह ‘ए’ मा थिए । यो समूहमा भारतसँगै आयरल्यान्ड, पाकिस्तान, अमेरिका र क्यानडा थिए । भारतले समूह चरणको पहिलो खेलमा आयरल्यान्डविरुद्ध आठ विकेटको, दोस्रो खेलमा पाकिस्तानविरुद्ध ६ रनको र तेस्रो खेलमा अमेरिकाविरुद्ध सात विकेटको जित निकालेको थियो । समूह चरणको अन्तिम खेलमा भारतले क्यानडाविरुद्ध खेल्ने तालिको थियो । तर, वर्षाका कारण खेल नतिजाविहीन बन्दा दुवै टिमले समान एक अंक बाँडेका थिए ।

सुपर–८ को समूह–१ मा पनि भारतले तीन खेलमा सबैमा जित निकालेको थियो । भारतले सुपर–८ मा अफगानिस्तानविरुद्ध ४७ रनको, बंगलादेशविरुद्ध ५० रनको  र अस्ट्रेलियाविरुद्ध २४ रनको जित निकालेको थियो ।

Global Ime bank

यता, समूह ‘डी’ बाट अपराजित रहँदै फाइनलसम्मको यात्रा गरेको टिम हो, दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाले समूह चरणको पहिलो खेलमा श्रीलंकाविरुद्ध ६ विकेटको, दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध चार विकेटको, तेस्रो खेलमा बंगलादेशविरुद्ध चार रनको र अन्तिम खेलमा नेपालविरुद्ध एक रनको जित निकालेको थियो । यस्तै, दक्षिण अफ्रिकाले सुपर–८ को समूह–२ मा अमेरिकाविरुद्ध १८ रनको, इंग्ल्यान्डविरुद्ध सात रनको र वेस्ट इन्डिजविरुद्ध तीन विकेटको जित निकालेको थियो ।

हालसम्मका च्याम्पियनको नतिजा

सन् २००७ मा भएको पहिलो संस्करणको उपाधि भारतले जितेको थियो । पहिलो संस्करणमा कुल १२ टिमले प्रतिस्पर्धा गरेका थिए । उक्त संस्करणमा भारतले सुपर–८ को पहिलो खेलमा न्युजिल्यान्डसँग १० रनको हार बेहोरेको थियो । तर, फाइनलमा पाकिस्तानलाई पाँच रनले हराउँदै भारतले विश्वकपको उपाधि जितेको थियो ।

सन् २००९ मा भएको विश्वकपको दोस्रो संस्करणको उपाधि पाकिस्तानले जितेको थियो । तर, यो संस्करणमा पाकिस्तान पनि अपराजित भने रहन सकेन । १२ टोली नै सहभागी विश्वकपको यस संस्करणमा पाकिस्तानले समूह चरणमा इंग्ल्यान्डसँग ४८ रनको र सुपर–८ मा श्रीलंकासँग १९ रनको हार बेहोरेको थियो । तर, फाइनलमा श्रीलंकाविरुद्ध आठ विकेटको सहज जित निकाल्दै पाकिस्तानले पहिलोपटक ट्वान्टी–२० विश्वकपको उपाधि जितेको थियो ।

लगत्तै अर्को वर्ष आयोजना भएको ट्वान्टी–२० विश्वकपको उपाधि इंग्ल्यान्डले जित्यो । विश्वकपको यस संस्करणमा पनि कुल १२ टिमको सहभागिता थियो । प्रतियोगिताको समूह चरणमा इंग्ल्यान्ड वेस्ट इन्डिजसँग ७० रनले पराजित भएको थियो । उक्त संस्करणमा इंग्ल्यान्डले फाइनलमा अस्ट्रेलियाविरुद्ध सात विकेटको जित निकाल्दै विश्वकपको उपाधि जितेको थियो ।

विश्वकपको चौथो संस्करण सन् २०१२ मा भएको थियो । यो विश्वकपको उपाधि वेस्ट इन्डिजले जितेको थियो । वेस्ट इन्डिजले समूह चरणको खेलमा अस्ट्रेलियासँग डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार १७ रनको हार बेहोरेको थियो । सुपर–८ को खेलमा पनि वेस्ट इन्डिजले श्रीलंकासँग नौ विकेटको हार बेहोरेको थियो । तर, फाइनलमा श्रीलंकाविरुद्ध ३६ रनको जित निकाल्दै वेस्ट इन्डिजले पहिलोपटक ट्वान्टी–२० विश्वकपको उपाधि जितेको थियो ।

त्यसको दुई वर्षपछि २०१४ मा बंगलादेशले ट्वान्टी–२० विश्वकपको आयोजना गरेको थियो । विश्वकपको यो संस्करणमा श्रीलंका च्याम्पियन बनेको थियो । प्रतियोगिताको सुपर–१० मा श्रीलंकाले इंग्ल्यान्डविरुद्ध ६ विकेटको हार बेहोरेको थियो । तर, फाइनलमा भारतविरुद्ध ६ विकेटको जित निकाल्दै श्रीलंकाले पहिलोपटक ट्वान्टी–२० विश्वकपको उपाधि जितेको थियो । विश्वकपको यो संस्करणमा नेपालले पनि प्रतिस्पर्धा गरेको थियो ।

२०१६ मा आयोजना भएको विश्वकपको उपाधि वेस्ट इन्डिजले जितेको थियो । भारतमा आयोजित यस विश्वकपको सुपर–१० मा वेस्ट इन्डिजलाई अफगानिस्तानले ६ रनले हराउँदै सनसनी मच्चाएको थियो । तर, फाइनलमा इंग्ल्यान्डलाई चार विकेटले हराउँदै वेस्ट इन्डिज दोस्रोपटक विश्व च्याम्पियन बनेको थियो ।

२०१६ को संस्करणपछि पाँच वर्षसम्म ट्वान्टी–२० विश्वकप आयोजना हुन सकेन । कोभिड–१९ कारण २०२१ मा आयोजना भएको विश्वकपको सातौँ संस्करणको उपाधि अस्ट्रेलियाले जित्यो । प्रतियोगिताको सुपर–१२ मा अस्ट्रेलियाले इंग्ल्यान्डसँग आठ विकेटको हार बेहोरेको थियो । तर, फाइनलमा न्युजिल्यान्डविरुद्ध आठ विकेटको जित निकाल्दै अस्ट्रेलियाले पहिलोपटक ट्वान्टी–२० विश्वकपको उपाधि जितेको थियो ।

विश्वकपको आठौँ संस्करण २०२२ मा अस्ट्रेलियामा भएको थियो । कुल १६ टिमको सहभागिता रहेको यो विश्वकपको उपाधि इंग्ल्यान्डले जितेको हो । प्रतियोगिताको सुपर–१२ मा इंग्ल्यान्डविरुद्ध आयरल्यान्डले डीएलएसअनुसार पाँच विकेटको जित निकालेको थियो । तर, फाइनलमा पाकिस्तानविरुद्ध पाँच विकेटको जित निकाल्दै इंग्ल्यान्ड विश्व च्याम्पियन बनेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय