site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उदयपुरमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । उदयपुरमा शुक्रबार बिहान भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा उदयपुरको सुन्दरपुर वर्षा मापन केन्द्र र आसपास भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

उक्त क्षेत्र भएर बहने त्रियुगा खोलालगायत नदीमा बहाव बढ्नेछ । नदीतटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनेले सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।

“असार १४, बिहान १० बजे । पछिल्लो तीन घण्टामा उदयपुरको सुन्दरपुर वर्षा मापन केन्द्र र आसपास भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने त्रियुगा खोलालगायत स–साना नदीहरूको बहाव बढ्ने हुँदा तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनुहुनेहरू सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro