site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वर्षाका कारण रोकियो भारत र इंग्ल्यान्डबीचको खेल

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत भारत र इंग्ल्यान्डबीचको खेल वर्षाका कराण रोकिएको छ ।

बिहीबार गुयनामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले आठ ओभरमा दुई विकेट गुमाएर ६५ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो । टसअघि पनि नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि सुरु हुने तालिका रहेको खेल वर्षाका कारण मैदान ओसिलो हुँदा करिब एक घण्टा प्रभावित बनेको थियो । 

हाल भारतबाट क्रिजमा रहेका कप्तान रोहित शर्मा ३७ र सूर्यकुमार यादव १३ रनमा खेलिरहेका छन् । भारतले ओपनर विराट कोहलीलाई नौ र ऋषव पन्तलाई चार रनमा गुमाएको थियो ।

प्रतियोगितामा भारत सुपर–८ बाट समूह–१ को विजेता र इंग्ल्यान्ड समूह–२ को उपविजेताको रूपमा सेमिफाइनलमा आएका हुन् । आजको खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ ।

यसअघि दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा अफगानिस्तानविरुद्ध नौ विकेटको जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  २२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro