site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्ड, ओली र देउवाबीच के भयो छलफल ?

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई लिएर शीर्ष तीन नेताहरूबीच छलफल भएको छ । बिहीबार साँझ नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो ।

कानुनमन्त्री पदम गिरीका अनुसार नेताहरूबीच शान्ति प्रक्रियाका सम्बन्धमा बाँकी कामहरूलाई निष्कर्षमा पुर्‍याउने विषयमा छलफल भएको हो । उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका धेरै बुँदामा सहमति भइसकेको बताए ।

Dabur Nepal
NIC Asia

नेताहरूबीच सहमति हुन नसकेका विषयलाई चाँडो टुंगोमा पुर्‍याउन गहिरो गृहकार्य गर्ने समझदारी बनेको छ । 

"धेरै बुँदामा सहमति भइसक्यो, तीन–चार बुँदामा सहमति जुटाउन बाँकी छ । खासगरी, मेलमिलापका सन्दर्भमा पीडित पक्षको स्वतन्त्र सहमतिमा टुंग्याउन भनिएको थियो । तर, पीडित पक्षको स्वतन्त्र सहमति नभएको अवस्थामा कसरी जाने भन्ने विषय टुंगिन बाँकी छ । गम्भीर मानव अधिकार र मानव अधिकारका कस्ताकस्ता कुराहरूलाई समावेश गर्ने भन्ने विषयमा पनि छलफल हुन बाँकी छ," उनले भने ।

गिरीका अनुसार बाल सेनामा भर्ना भनिएको विषयमा पनि स्पष्ट दृष्टिकोण बनिसकेको छैन । त्यस्तै, द्वन्द्वपीडितहरूलाई कसरी क्षतिपूर्ति दिएर परिपूरण गर्ने विषय पनि निष्कर्षमा पुग्न बाँकी छ ।

उनले प्रतिपक्षी दल कांग्रेसले संक्रमणकालीन न्यायलाई लिएर फरक दृष्टिकोण नराखेको पनि बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro