site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अपराजित भारतलाई साविक विजेता इंग्ल्यान्डको चुनौती 

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा मैदान उत्रिँदा भारत साविक विजेता इंग्ल्यान्डविरुद्ध दुई वर्षअघिको नमिठो हार भुलाउने लक्ष्यमा हुनेछ । दुई वर्षअघि अस्ट्रेलियाको एडलेड ओभलमा भएको ट्वान्टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा नै भारतलाई १० विकेटले हराउँदै इंग्ल्यान्डले फाइनल यात्रा तय गरेको थियो । 

फाइनलमा अर्को दक्षिण एसियाली मुलुक पाकिस्तानलाई पाँच विकेटले हराएपछि इंग्ल्यान्ड विश्वकप च्याम्पियन बनेको थियो । भारतले सन् २००७ मा भएको ट्वान्टी–२० विश्वकपपछि उपाधि जितेको छैन । विश्व क्रिकेटको सबैभन्दा ठूलो राष्ट्र भए पनि भारतको सिनियर टिमले पछिल्लो १३ वर्षयता आईसीसीका कुनै पनि उपाधि जित्न सकेको छैन । यसैकारण भारत जारी विश्वकपमा यो खडेरीको अन्त्य गर्ने लक्ष्यमा छ । 

Dabur Nepal
NIC Asia

“स्पष्ट भन्नुपर्दा २०२२ र अहिलेमा खास परिवर्तन भएको छैन । हामी पछिल्लो दुई–तीन वर्षयता खुला मानसिकतासाथ ट्वान्टी–२० क्रिकेट खेल्ने रणनीतिमा छौँ । त्यसैकारण त्यस्तो धेरै केही परिवर्तन भएको छैन,” भारतीय कप्तान रोहित शर्माले खेलअघिको पत्रकार सम्मेलनमा भने, “हामी चलाख क्रिकेट टिम बन्न चाहन्छौँ । जसरी हामीले पछिल्लो र त्यसअघिका खेलहरू खेलेका थियौँ । हाम्रो प्राथमिकता भनेको सबै कुराहरुलाई सामान्य राख्नु हो ।” 

इंग्ल्यान्डका प्रशिक्षक म्याथ्यु मोटले पनि भारतीय टिम उत्कृष्ट रहेको बताए । उनले भारतीय चुनौतीका लागि आफ्नो टिम तयार रहेको जनाए । “भारतविरुद्धको खेल ठूलो अवसर हो । उनीहरूको टिम निकै राम्रो छ । हाम्रा लागि ठूलो चुनौती छ । तर, हामी यसका लागि उत्साहित छौँ । दुई वर्षअघि इंग्ल्यान्डले भारतविरुद्ध राम्रो ब्याटिङ गरेको थियो,” इंग्ल्यान्डका प्रशिक्षक म्याथ्यु मोटले भने, “तर, अहिले उनीहरूको टिममा धेरै परिवर्तन भइसकेको छ । पछिल्लो केही वर्षयता उनीहरूले पावर प्लेको भरपूर उपयोग गर्ने र खेललाई अघि बढाउने रणनीति लिएका छन् । रोहितले उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । तर, पनि हामी यो अनौठो चुनौतीका लागि तयार छौँ ।” 

दोस्रो सेमिफाइनल खेलअघि वर्षाको उच्च सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । जारी विश्वकपको यो सेमिफाइनलका निम्ति आईसीसीले ‘रिजर्भ डे’ राखेको छैन । यसैकारण यो खेल वर्षाले प्रभावित बने नतिजाका कम्तीमा दुवै टिमबाट १० ओभरको खेल हुनुपर्नेछ ।

आईसीसीले यस खेलका लागि निर्धारित समयभन्दा २५० मिनेट ढिलोसम्म सञ्चालन गर्न सकिने प्रावधान पनि राखेको छ । तर, पनि वर्षाका कारण खेल रद्द भए भारत प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । आईसीसीको नियमअनुसार सुपर–८ मा समूह विजेता बनेकाले भारत अघि बढ्ने समीकरण बनेको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro