site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
यी हुन् युरो–२०२४ को अन्तिम–१६ मा पुगेका टिम

काठमाडौं । जर्मनीमा जारी युरो–२०२४ को प्रि–क्वार्टरफाइनल समीकरण पूरा भएको छ । प्रतियोगितामा बुधबार समूह चरणअन्तर्गतका अन्तिम खेलहरू भएका थिए । जसबाट समूह ‘इ’ र ‘एफ’ का तीन टोलीको टुंगो लागेको हो । 

प्रतियोगिताको समूह ‘ए’ बाट घरेलु टिम जर्मनी र स्वीट्जरल्यान्ड्ले अन्तिम–१६ को यात्रा तय गरे । समूह ‘बी’ बाट स्पेन शीर्ष र साविक उपविजेतासमेत रहेको इटाली दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरे । 

Dabur Nepal
NIC Asia

448486700_1006072957217099_7027086506565775898_n-1719469628.png
 

समूह ‘सी’ बाट साविक उपविजेता इंग्ल्यान्ड समूह विजेता, डेनमार्क उपविजेता र स्लोभेनिया तेस्रो स्थानमा रहँदै प्रि–क्वार्टरफाइनलमा प्रवेश गरे । यस्तै, समूह ‘डी’ बाट अस्ट्रिया शीर्ष स्थानमा रहँदा फ्रान्स दोस्रो र नेदरल्यान्ड्स तेस्रो स्थानमा रहेर अन्तिम–१६ को यात्रा तय गरे । 

समूह ‘इ’ बाट रोमानिया, बेल्जियम र स्लोभाकियाले नकआउट चरणमा स्थान बनाए । समूह ‘एफ’ बाट पोर्चुगल समूह विजेता, टर्की उपविजेता र जर्जिया तेस्रो स्थानमा रहँदै प्रि–क्वार्टरफाइनलमा प्रवेश गरे । 

नकआउटमा भिड्दै बेल्जियम र फ्रान्स 
प्रतियोगिताको नकआउट चरणका खेलहरू जुन २९ देखि सुरु हुनेछ । नकआउट चरणमा साविक विजेता इटालीले स्वीट्जरल्यान्डको सामना गर्नेछ । साविक उपविजेता इंग्ल्यान्डले स्लोभाकियाले प्रतिद्वन्द्वी पाएको छ । नेदरल्यान्ड्सले रोमानियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । अस्ट्रियासामु टर्कीले चुनौती प्रस्तुत गर्नेछ । 

यस्तै, जर्मनीले डेनमार्कविरुद्ध खेल्नेछ । स्पेनले जर्जियासँग प्रतिस्पर्धा गर्नेछ । कतार विश्वकप–२०२२ को उपविजेता र त्यसअघि २०१८ को विश्वकप विजेता फ्रान्सले बेल्जियमविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ । नकआउट चरणको सबैभन्दा प्रतिक्षित बनेको यो खेल जुलाई १ मा हुनेछ । यस्तै, प्रि–क्वार्टरफाइनलको अन्तिम खेलमा पोर्चुगलले स्लोभेनियाविरुद्ध खेल्ने तालिका छ ।

449022726_1679478772789863_93895208710998177_n-1719469627.png
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro