site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मिला ल्यान्ड डेभलपमेन्टका सञ्चालकसहित ६ जना पक्राउ

काठमाडौं । प्रहरीले कलंकीस्थित नेसनल बिजनेस ट्रेड सेन्टरको व्यावसायिक भवनमा सटर भाडामा दिने भन्दै रकम असुल गरेर ठगेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरको टोलीले मिला ल्यान्ड डेभलपमेन्ट प्रालिका अध्यक्ष नरेन्द्र बज्राचार्य, निर्देशकहरू राजेशकृष्ण सिंह श्रेष्ठ, शान्ति रमण, निरञ्जन कुमार श्रेष्ठ, राजु महर्जन र चिरञ्जीवी पौडेललाई पक्राउ गरेको हो ।

उनीहरूले न्युरोड, महाबौद्ध र ओटुको होलसेल मार्केटमा पलस सञ्चालन गरिरहेकाहरूलाई व्यवसाय बढाउने भन्दै सटरका लागि पैसा उठाएर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार करिब ३०० जनाबाट मार्केट सार्ने भन्दै १३ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro