site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जेलमै पुगेकी थिइन् असान्जकी पत्नी, आमाबाबुले के भने ?

लन्डन । प्रि–रेकर्डेड भिडियोमा जुलियन असान्जकी पत्नी स्टेल्ला बेलायतको बेलमार्स जेलबाहिर विकिलिक्सका प्रधानसम्पादक क्रिस्टिन ह्राफसनका साथ देखिएकी छन् । 

उनीहरूले नै पहिला जुलियन मुक्त भएको ‘कन्फर्म’ गरेका थिए । उनीहरूले समर्थकहरूलाई धन्यवाद भनेका थिए । स्टेल्लाले अवस्था धेरै चाँडो परिवर्तन भएको बताएकी थिइन् । “यदि कुरा राम्रै भयो भने जुलियन विमानमा हुनेछन् । उनी मुक्त हुनेछन्” उनको भनाइ थियो । 

बाबुआमाले के भने ?
आमा क्रिस्टिन असान्जले आफनो छोराको लामो समयसम्मको जेल जीवन निष्कर्षमा पुगेकोमा कृतज्ञता व्यक्त गरेकी छन् । “म आभारी छु, मेरो छोराको अग्निपरीक्षाको अन्त्य भएको छ । यसले शान्त कूटनीतिको शक्तिको महत्त्व देखाएको छ” अष्ट्रेलियाको नेसनल ब्रोडकास्टरमा प्रसारित उनको वक्तव्यमा उल्लेख छ । 

असान्जका पिता जोहन सिपटनले अष्ट्रेलिया सरकारलाई आफ्ना छोराको रिहाइका लागि गरेको पहललाई लिएर धन्यवाद दिएका छन् । उनले समर्थकहरूलाई धन्यवाद र बधाई दिएका छन् । पत्नी स्टेलाले पनि एक्समार्फत सबैलाई धन्यवाद दिएकी छन् । बीबीसी

कता उडे असान्ज ? संसारभरिबाट ‘ट्रयाकिङ’

विकिलिक्सका प्रमुख जुलियन असान्ज जेलमुक्त, अमेरिकी प्रशासनसँग सहमति

अस्ट्रेलियाका प्रधानमन्त्रीले भने– असान्जलाई कारावासमा राखेर प्राप्ति केही थिएन

 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro