site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विकिलिक्सका प्रमुख जुलियन असान्ज जेलमुक्त, अमेरिकी प्रशासनसँग सहमति
तस्बिर : रोयटर्स ।

लन्डन । कैयौँ वर्षसम्मको कानुनी लडाइँपछि विकिलिक्सका संस्थापक जुलियन असान्ज बेलायतको जेलबाट छुटेका छन् । अमेरिकी प्रशासनसँग सम्झौता भएपछि उनी छुटेका हुन् ।

५२ वर्षीय असान्जले अमेरिकी राष्ट्रिय सुरक्षासँग सम्बन्धित दस्तावेज चोरेर सार्वजनिक गरेको आरोप खेपिरहेका थिए । अमेरिकी प्रशासनले आरोप लगाएअनुसार उनले इराक र अफगानिस्तान युद्धसँग सम्बन्धित फाइल विकिलिक्समार्फत सार्वजनिक गरेका थिए । त्यसले मानिसको जीवन खतरामा परेको अभियोग लगाइएको थियो ।

असान्ज पाँच वर्षयता बेलायतको जेलमा थिए । जेलबाटै उनले अमेरिकामा सुपुर्दगी नहुन मुद्दा लडिरहेका थिए ।

अमेरिकामा बीबीसीको सहयोगी सीबीएस न्युजका अनुसार, अब असान्ज अमेरिकामा हिरासतमा बस्नुपर्ने छैन । उनी अब अस्ट्रेलिया जान पाउनेछन् ।

सामाजिक सञ्जाल एक्समा विकिलिस्टले भनेको छ, “असान्ज मुक्त भएका छन् । १९०१ दिनको जेलपछि उनी जुन २४ मा बेलमार्श जेलबाट बाहिर आएका छन् । लन्डनको हाइकोर्टले उनलाई जमानत दिएको छ । उनलाई स्ट्यास्टेड विमानस्थलमा रिहा गरिएको हो, जहाँबाट उनले बेलायत छोडेका छन् ।”

विकिलिक्सका अनुसार, असान्जको रिहाइ विश्वव्यापी अभियान र संयुक्त राष्ट्रसंघमा आवाज उठाउने नेताहरूको प्रयासले सम्भव भएको हो । सम्झौताको व्यहोरा पूर्ण रूपमा भने खुलाइएको छैन ।

विकिलिक्सका अनुसार, अब उनी जेलबाट छुटेर आफ्नो परिवारसँग मिल्नेछन् । उनीहरूले असान्जलाई जेलमा नै पहिला भेटेका थिए । कानुनी प्रक्रिया पूरा भएपछि उनले बेलायत छोडेका बताइएको छ ।

असान्ज रिहा भएकामा उनकी पत्नी स्टेलाले सबैलाई धन्यवाद दिएकी छन् ।

अमेरिकी प्रशासनसँगको सहमतिअनुसार अब असान्जले एक अमेरिकी अदालतमा गएर आफूले गरेका कामको गल्ती महसुस गर्नुपर्नेछ । उनले अमेरिकामा जेलजीवन भने बिताउनुपर्ने छैन । उनको जेलजीवनको गणना ‘क्रेडिट’का रूपमा लन्डनमा पाँच वर्ष बिताएको कैदलाई नै मानिनेछ । त्यसपछि उनी अस्ट्रेलिया जानेछन् । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ०९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro