site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अस्ट्रेलियाका प्रधानमन्त्रीले भने– असान्जलाई कारावासमा राखेर प्राप्ति केही थिएन
तस्बिर : रोयटर्स ।

सिड्नी । विकिलिक्सका संस्थापक जुलियन असान्ज र अमेरिकाबीच भएको सहमति र बेलायतको जेलबाट उनको रिहाइबारे अस्ट्रेलियाका प्रधानमन्त्री एन्थानी अल्बानिजले संक्षिप्त धारणा राखेका छन् ।

अस्ट्रेलियाका प्रधानमन्त्रीका प्रवक्ताले जारी गरेको वक्तव्यमा उल्लेख छ, “अस्ट्रेलियन नागरिक जुलियन असान्जको कानुनी प्रक्रिया अमेरिकामा अघि बढेको बारे हामी जानकार छौँ । अस्ट्रेलियन सरकारले असान्जलाई निरन्तर कन्सुलर सहयोग उपलब्ध गराइरहनेछ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वक्तव्यमा अगाडि भनिएको छ, “प्रधानमन्त्री अल्बानिज प्रस्ट हुनुहुन्छ, असान्जको मुद्दा धेरै लामो समयसम्म तानिएको छ । उनलाई निरन्तर कारावासमा राखेर प्राप्ति केही पनि थिएन ।”

गएको अक्टोबरमा भ्रमणका क्रममा ह्वाइट हाउसमा उनले यो विषय उठाएका जनाइएको छ । त्यति बेला असान्जबारे उनले भनेका थिए– अति भइसक्यो, यसलाई निष्कर्षमा पुर्‍याउनुपर्छ ।

यस्तै, अस्ट्रेलियाका विभिन्न पार्टीले एक मतले असान्जलाई घर जान दिन बेलायत र अमेरिकासँग अनुरोध गरेका थिए । गत वर्ष अस्ट्रेलियाका सांसदले पनि अमेरिका भ्रमण गरेर उनलाई छुटाउन ‘लबिइङ’ गरेका थिए ।

अब असान्ज अमेरिकी अदालतमा एकपटक हाजिर भएपछि अस्ट्रेलिया फर्कने तय छ । बीबीसीबाट ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ०९:५५
प्रतिक्रिया दिनुहोस्