site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माल्टाको नक्कली वर्किङ भिसा बनाएर कतार पठाउने केशवराज पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा माल्टा पठाइदिने आश्वासन दिएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० का ३२ वर्षीय केशवराज जोशी छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार जोशीले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पाररे वैदेशिक रोजगारीमा माल्टा पठाउने आश्वासन दिएर ठगी गर्ने गरेका थिए । रकम लिइसकेपछि सम्पर्कविहीन भएको जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई काठमाडौंस्थित बबरमहलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जोशीले माल्टाका लागि भनेर पीडितहरूलाई 'वर्किङ भिसा' देखाएका थिए । तर, पीडितहरू कतार पुगेपछि त्यहाँको अध्यागमनले नक्कली भिसा देखाएको भन्दै पक्राउ गरेर डिपोर्ट गरेर नेपाल फर्काएको थियो ।

नेपाल आएपछि उनीहरूले वैदेशिक रोजगार विभागमा जाहेरी दिएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro