राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद् सचिवालयका कर्मचारीको माग वार्ताद्वारा समाधान गर्नुपर्ने बताएका छन् ।
आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संघीय संसद् सचिवालयका कर्मचारीहरूको माग वार्ताबाट अविलम्ब सकारात्मक निष्कर्षका साथ समाधान गर्नुपर्नेमा जोड दिए ।
संघीय संसद् सचिवालयका कर्मचारीहरू केही दिनयता सेवा सुविधाको मागसहित आन्दोलनमा छन् । उनीहरूले ११ बुँदे मागसहित आन्दोलन गरिरहेका छन् । उनले भने, "यो वार्ताद्वारा अविलम्ब सकारात्मक निष्कर्षका साथ समाधान गर्नुपर्छ ।"
प्रकाशित मिति: आइतबार, असार ९, २०८१ १२:४४
प्रतिक्रिया दिनुहोस्