site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राजदूतमा सिफारिस प्याकुरेल असन्तुष्ट ? भने– केही घण्टा पर्खनुस्
फाइल तस्बिर : फेसबुकबाट ।

काठमाडौं । सरकारले दक्षिण कोरियाका निम्ति राजदूत सिफारिस गरेका अधिकारकर्मी सुशील प्याकुरेल ‘असन्तुष्ट’ देखिएका छन् । उनी उक्त पदको नियुक्ति सिफारिसमा असन्तुष्ट रहेको स्रोतको भनाइ छ ।

त्यसबारे बाह्रखरीको जिज्ञासामा उनले आफू तत्काल केही नबोल्ने बताए । “म बोल्ने बेला भएपछि बोल्छु । दुई/चार घण्टा त पर्खिदिनुस् । म अहिले ‘कन्सल्टेसन’कै क्रममा छु,” उनले भने ।

गएको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकबाट प्याकुरेलसहित विभिन्न आठ देशमा राजदूत नियुक्तिका निम्ति नाम सिफारिस गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro