site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कर्मचारीको माग सम्बोधन गर्न बालुवाटारमा शीर्ष तहको बैठक जारी

काठमाडौं । संघीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा छलफल गर्न राजनीतिक शीर्ष तहको बैठक बसिरहेको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी छन् । 

बैठकमा मुख्य सचिव डा. बैकुण्ठ अर्याल र संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय पनि सहभागी भएका छन् । 

सभामुखले संसद् सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक अनौपचारिक छलफल समेत गरिरहेका सभामुखको सचिवालयले जनाएको छ । 

आइतबार प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरिएको छ । 
 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro