site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दक्षिण कोरियालाई पुटिनको चेतावनी– युक्रेनलाई हतियार पठाए ‘ठूलो भुल’ हुनेछ

हनोइ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पक्षमा हतियार पठाए दक्षिण कोरियाको ‘ठूलो भुल’ हुने चेतावनी दिएका छन् । सिउलले उत्तर कोरिया र रुसबीच हालै भएको सुरक्षासम्बन्धी सम्झौतालाई लिएर प्रतिक्रिया जनाइरहेका बेलामा पुटिनले सो चेतावनी दिएका हुन् ।

पुटिनको गत बुधबार सम्पन्न दुईदिने उत्तर कोरिया भ्रमणको क्रममा दुई देशबीच एकअर्का देशमा हुन सक्ने आक्रमणमा दुवै देशले एकअर्कालाई सघाउने सहमति भएको थियो । सो सहमतिलाई लिएर दक्षिण कोरियाले आलोचना गरेको थियो । पत्रकारसँग हनोइमा कुराकानी गर्ने क्रममा पुटिनले सो चेतावनी दिएका हुन् ।

पुटिनले दक्षिण कोरियाले युक्रेनलाई हतियार पठाएमा आफूले गर्ने निर्णय दक्षिण कोरियाका लागि प्रिय नहुन सक्ने चेतावनी दिएका छन् ।

पुटिन अहिले भियतनाम भ्रमणमा छन् । पुटिनको भनाइका बारेमा दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले प्रतिक्रिया दिँदै युक्रेनलाई हतियार दिने बारेमा आफूले विभिन्न विकल्प हेर्ने जनाएको छ । यो प्रकरणमा रुसको कस्तो कदम हुन्छ, त्यसअनुसार नै आफ्नो कदम हुने पनि दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ । बीबीसी
 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १३:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro