site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पदको दुरुपयोग नगरी बजेट विनियोजन गरेका छौँ : गृहमन्त्री लामिछाने
फाइल तस्बिर
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदको दुरुपयोग नगरी बजेट विनियोजन गरेको दाबी गरेका छन् । बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा गएका मन्त्रीहरूले पदको दुरुपयोग नगरिकन सन्तुलित रूपमा बजेट विनियोजन गरेको दाबी गरेका हुन् ।

रास्वपाका सभापति समेत रहेका उनले बजेटमा आफूले सकेजति र नागरिकले भनेको आवश्यकताअनुसार विभिन्न ठाउँमा प्राथमिकीकरण गरेर बजेट ल्याएको बताए । मन्त्री लामिछानेले बजेट पास गरिसकेपछि आफ्नो निर्वाचन क्षेत्र चितवन गएर नागरिकहरूसँग अन्तरक्रिया गर्ने बताए । 

“बजेट हामीले सके जति, गर्न सके जति, गर्न परेको आवश्यकताअनुसार विभिन्न ठाउँमा आएको प्राथमिकताअनुसार भएको छ । पदको दुरुपयोग गरिएको छैन । आवश्यकताअनुसार सकेको गरिएको छ । बजेट पास गरिसकेपछि उहाँहरुसँग चितवन नै गएर अन्तरक्रिया गर्नेछु,” उनले भने । मन्त्री लामिछानेले बजेट निर्माणको प्रणालीमा नै समस्या रहेको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu