site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेटप्रति प्रधानमन्त्री नै असन्तुष्ट रहेको पायौँ : रमेश लेखक
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै आगामी आर्थिक वर्षको बजेटप्रति पूर्ण असन्तुष्ट रहेको बताएका छन् । 

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीले मन्त्रालयगत बजेट असन्तुलित रहेको र परिमार्जन गर्ने भनिसकेको भन्दै मन्त्रालयगत बजेट परिमार्जन गर्नुको विकल्प नरहेको उल्लेख गरे । मन्त्रालयगत बजेटमा प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपर्ने उनको भनाइ छ । 

प्रधानमन्त्रीले बजेटमा असन्तुष्टि जनाउनुले गम्भीर प्रकृतिको कमजोर भएको प्रमाणित हुने बताए । "प्रधानमन्त्रीजीले बजेटका बारेमा जुन असन्तुलित ढंगले प्रस्तुत गर्नुभयो, यो बजेटको वितरण त्यति उचित छैन । यसलाई परिमार्जन गर्नुपर्छ भनेर बजेटमा विनियोजनमा समस्या रहेकोतर्फ राम्रैसँग संकेत गर्नुभयो । हामी आशा गरौँ । सरकारले बजेट परिमार्जन गर्नेछ । जुनजुन मन्त्रालयमा बजेट असन्तुलित भएको छ, त्यो मन्त्रालयमा बजेट सन्तुलित गर्ने र यो परिमार्जन गर्नेकुरा जुन प्रधानमन्त्रीले भन्नुभएको छ, यो सकारात्मक कुरा हो । प्रधानमन्त्रीजीले यसमा हस्तक्षेप गरेर बजेट परिमार्जन गर्नुपर्छ । बजेटप्रति सबैको असन्तुष्टि छ," उनले भने । 

प्रमुख सचेतक लेखकले बजेटमा गैरजिम्मेवारीपूर्ण विनियोजन देखापरेको भन्दै परिमार्जन गर्नुपर्ने बताए । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro