site stats
बाह्रखरी :: Baahrakhari
देश
अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

लमजुङ । पहिरोले गए रातिदेखि अवरुद्ध बेँसीसहर–चामे सडक पूर्ण सञ्चालनमा आएको छ । अविरल वर्षाले यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६, खरखरे भिरमा गएको पहिरो हटाएसँगै बिहीबार दिउँसोबाट सवारी सञ्चालनमा आएको हो ।

डुम्रे–बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इन्जिनियर किरण पोखरेलले ‘एक्साभेक्टर’को सहायताले ठूला–ठूला ढुंगासहितको पहिरो हटाएसँगै सवारी सञ्चालनमा आएको बताए । यहाँ पहिरो रोकथामका लागि संघीय  सरकारको १६ करोड ४८ लाख लागतमा निर्माण भइरहे पनि काम नसकिँदा पहिरो जाने क्रम जारी रहेको उनले बताए । 

६५ किलोमिटर रहेको यस सडकमा साना–ठूला सवारीसाधन सञ्चालन हुँदै आएको छ । मनाङवासी यस सडकखण्ड हुँदै बेँसीसहर, काठमाडौं, पोखरा, चितवनलगायतका स्थानमा जाने र सो स्थानबाट आउने गर्दछन् । रासस

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्