site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
थाइल्यान्डले समलिंगी विवाहलाई मान्यता दिने

बैंकक । थाइल्यान्डको सिनेटद्वारा विवाहसम्बन्धी समानता विधेयक पारित गरेपछि अब थाइल्यान्ड समलिंगी विवाहलाई मान्यता दिने दक्षिणपूर्वी एसियाको पहिलो राष्ट्र बन्ने अल जजिराले जनाएको छ । 

माथिल्लो सदनमा मंगलबार उपस्थित १५२ सदस्यमध्ये विधेयकको पक्षमा १३०, बिपक्षमा ४ र १८ अनुपस्थित भएसँगै विधेयक बहुमतका साथ पारित भएको हो । 

यो विधेयक अब औपचारिक स्वीकृतिका लागि राजा महा भाजिरालोङ्गकोर्नका समक्ष प्रस्तुत गरिनेछ र शाही राजपत्रमा प्रकाशित भएको १२० दिनपछि लागु हुने अल जजिराले बताएको छ ।

ताइवान र नेपालपछि समलिंगी विवाहलाई अनुमति दिने कानुन लागु गर्ने थाइल्यान्ड तेस्रो एसियाली मुलुक हुनेछ ।समलिंगी अधिकारकर्मीहरूले थाइल्यान्डको यस कार्यको उच्च प्रशंसा गरेका छन् । 

विधेयकले पुरुष, महिला, पति र पत्नीलाई लैंगिक–तटस्थ शब्दमा पुनः नामाकरण गरेको छ र विवाहलाई दुई व्यक्तिहरू बीचको साझेदारीको रूपमा परिभाषित गरेको छ ।  

थाइल्यान्डमा लेस्बियन, समलिंगी, उभयलिंगी वा ट्रान्सजेन्डर समुदायको जनसंख्या बढ्दो क्रममा रहे पनि अधिकारकर्मीले वर्षौदेखी परम्परागत विश्वासका विरुद्ध लडिरहेका थिए । 

“हामी इतिहास बनाउन पाउँदा निकै गर्व गर्छौं,” समलिंगी विवाहसम्बन्धी संसदीय समितिका सदस्य प्लाइफाह क्योका सोडलादले भने। 

अल जजिराको रिपोर्टअनुसार विधेयक पारित भएपछि राष्ट्रियसभामा केहीले यो समुदायको समर्थनमा इन्द्रेणी झण्डा फहराउँदै गरेको देखिएका थिए । 

मार्चमा ४१५ संसदहरुमध्ये केवल १० ले विधेयकविरुद्ध मतदान गरेपछि यो विधेयक तल्लो सदनबाट सर्वसम्मतले पारित भएको थियो । रासस/एएनआई

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro