site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चीनमा एकैसाथ कतै बाढी, कतै खडेरी !

बेइजिङ । चीनमा एकैसाथ दुईखाले मौसमले हैरान पारेको छ । दक्षिणी चीनमा भीषण वर्षा र बाढीका कारण दशौं हजार मानिस बसोबास छोडेर हिँड्न बाध्य भएका छन् भने उत्तरी चीनमा हिट वेभ तथा खडेरीको सम्भावनालाई लिएर किसान चिन्तित्  छन् ।

बाढीका कारण कम्तिमा एक जनाको मृत्यु भएको जनाइएको छ । एक विद्यार्थीको शव दुई दिनपछि भेटिएको थियो ।  गाउन्सी क्षेत्रमा भीषण वर्षाका कारण घरहरू डुबानमा छन् ।

Dabur Nepal
NIC Asia

पूर्वमा पहिरो र बाढीले गर्दा फुजियान प्रान्तमा ३६ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको सरकारी मिडियाले जनाएका छन् । यो वर्षको सुरूमा पनि भीषण वर्षा र आँधीका कारण पूर्वी जियान्सी प्रान्तमा सातजनाको मृत्यु भएको थियो ।

बेइजिङको तापक्रम ३८ डिग्री सेल्सियस

चीनको राजधानी बेइजिङमा गएका हप्तादेखि उच्च तापक्रम रहँदै आएको छ । राष्ट्रिय मौसम केन्द्रले हिट वार्निङ जारी गरेको छ  । सोमबार बेइजिङ आसपासका क्षेत्रमा तापक्रम ३८ डिग्री सेल्सियससम्म पुगेको थियो ।

‘हट वेदर’ ताइवान क्षेत्रमा पनि रिपोर्ट गरिएको छ । वर्षाको अभावका कारण उत्तरी चीनमा यसपालि उत्पादनको विषयलाई लिएर चासो र चिन्ता बढिरहेको छ । शनिबार चीनका उपप्रधानमन्त्री लिउ गुझोङले बेइजिङसँग सीमा जोडिएको क्षेत्र हेबेइ प्रान्तमा गएर खडेरीबाट जोगिने प्रयत्नका लागि आह्वान गरेका थिए । एपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro