site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वर्षा भए पनि काठमाडौं प्रदूषित, वायु ‘अस्वस्थकर’
फाइल तस्बिर ।

काठमाडौं । वर्षाका बाबजुद काठमाडौंमा वायु प्रदूषण बढेको छ । मंगलबार मध्याह्न काठमाडौं उपत्यकाका प्रमुख स्थानहरूमा वायु प्रदूषणको तह १०० एक्यूआई (एयर क्वालिटी इन्डेक्स) भन्दा माथि छ ।

वातावरण विभागको सोमबार मध्याह्न १२ः३० बजेको रेकर्डअनुसार भक्तपुरको एक्यूआई १२७, ललितपुस्थित खुमलटारको ११४ र शंखपार्कको १०३ पुगेको छ । यस्तै भैँसेपाटी क्षेत्रमा पनि एक्यूआई ९७ पुगेको छ । सोमबारसम्म भैँसेपाटीबाहेक अन्य क्षेत्रमा एक्यूआई एक सयभन्दा कम थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

विश्व स्वास्थ्य संगठनले ५० यूएस एक्यूआईभन्दा माथिको वायुलाई अस्वस्थकर मानेको छ । एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा तथा पीएम २.५ जाँचिन्छ ।

पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइड लगायतको मात्रालाई बुझाउँछ । उपत्यकामा हाल पूर्वबाट आएको मौसमी प्रणाली र स्थानीय प्रणालीका कारण काठमाडौंमा मंगलबार बिहान वर्षा भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro