site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेतृत्व चयनबारे झलनाथ भन्छन्– सुगन्ध आउने सुन बनाऔँ 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी महाधिवेशनबाट सहमतिमा नेतृत्व निर्माण गर्नुपर्ने बताएका छन् । अखिल नेपाल महिला संघ (समाजवादी)ले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा त्यस्तो बताएका हुन् । 

“कमरेडहरूले भनेजस्तै सहमतिका साथ नेतृत्व निर्माण गर्नुपर्छ । तर, सहमति भनेको के हो त ? के मा आधारित हुन्छ ? यसो टाउको जोडेर हुन्छ कि ? अंकमाल गरौँ कमरेड भनेर हुन्छ कि ? के ले हाम्रो एकता गर्छ ?,” उनले भने । 

Dabur Nepal
NIC Asia

उनले वैचारिक राजनीतिक कार्यदिशा नीति, सिद्धान्तका आधारमा नेतृत्व निर्माण गर्नुपर्ने बताए । “वैचारिक राजनीतिक कार्यदिशा नीतिका आधारमा, सिद्धान्त, लक्ष्यका आधारमा हामी एकठाउँमा जुटेका छौँ । पार्टी भनेको त्यस्तै हो । नेतृत्व निर्माण पनि सहि वैचारिक राजनीतिक आधारमा हुन्छ । सहमतिका साथ गर्नुपर्छ, एकदम ठीक । तर, सहमति वैचारिक राजनीतिक कार्यक्रम, नीति, सिद्धान्तमा आधारित हुनुपर्‍यो । त्यस्तो आधारित नेतृत्व निर्माण गर्यौं भने त्यो सुनमा सुगन्ध हुन्छ,” उनले भने, “त्यसकारण सुन मात्रै नबनाऔँ । सुगन्ध आउने सुन बनाऔँ । त्यसका लागि हामी सबैले प्रत्यत्न गर्नुपर्ने हुन्छ ।” 

उनले महाधिवेशनबाट समाजवादी कार्यक्रम अघि सार्न लागिएको बताए । “हामी एकताबद्ध भएर समाजवादी क्रान्तिको कार्यक्रम पास गर्नेछौँ । कुनै पनि क्रान्तिको पटक–पटक कार्यक्रम अघि सारिदैन,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu