site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
गोल्छा ग्रुपद्वारा प्रस्तुत ‘ग्लोकल टिन हिरो नेपाल’का लागि आवेदन खुला 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । गोल्छा ग्रुपले प्रस्तुत गर्दै आएको ‘ग्लोकल टिन हिरो नेपाल–२०२४’को दशौँ संस्करणको लागि आवेदन खुला भएको छ । ग्लोकल टिन हिरोमार्फत गोल्छा ग्रुपले विगत एक दशकदेखि शैक्षिक क्षेत्रबाहेक किशोरकिशोरीहरूमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै समाजमा उनीहरूले गरेको काम र अद्वितीय प्रतिभा पहिचान गराउन मञ्च प्रदान गर्दै आएको बताएको छ ।

ग्लोकल टिन हिरो नेपालले १३ देखि १९ वर्षका किशोरकिशोरीको पहल, सिर्जनशीलता र उत्साहलाई विशेष मान्यता दिँदै उनीहरूलाई स्थानीय र वैश्विक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सशक्त बनाउने कम्पनीले जनाएको छ ।

यस उपाधिको माध्यमबाट किशोरकिशोरीमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातको लागि थप ऊर्जा प्रदान हुने कम्पनीको विश्वास छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०१५ मा सुरु भएको यस कार्यक्रमले सन् २०१६ देखि देशभरिका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउँदै आएको छ ।

हालसम्म नेपालका ९ जना किशोरकिशोरीलाई ग्लोकल टिन हिरो नेपालका रूपमा सम्मानित गरिएको कम्पनीले जनाएको छ । 

Global Ime bank

दक्षिण एसियाका अन्य देशहरूमा यसको पहुँच विस्तार गर्ने दृष्टिकोणका साथ, ग्लोकल टिन हिरो भारतमा सन् २०१९ मा, श्रीलंकामा सन् २०२० मा र बंगलादेशमा २०२२ मा सुरु भएको छ ।

यस वर्षको संस्करणमा पूर्वदेखि पश्चिमसम्म ५० बढी सहर र एक हजार भन्दा बढी विद्यालय तथा कलेजका एक लाखभन्दा बढी किशोरकिशोरीसम्म पुग्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । 

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रूपान्तरनका कार्यहरूलगायत विभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोरकिशोरिहरूले यस वेबसाइटमा गएर नि:शुल्क अनलाइन आवेदन दिन सक्नेछन् ।

पहिलो चरणमा कुल आवेदनको पहल, प्रभाव र उपलब्धिका आधारमा ग्लोकल २०अन्डर२० को छनोट गरिनेछ । त्यसपछि उनीहरूको दृष्टिकोण, कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, मनोवृत्ति र दुरदर्सनको मापनको लागि अन्तर्वार्ता हुने र अन्तिममा ग्लोकल टिन हिरो नेपाल २०२४ को विजेता घोषणा गरिने कम्पनीले बताएको छ ।

हरेक वर्षझै यस वर्ष पनि ग्लोकल टिन हिरो नेपाल कार्यक्रम सेप्टेम्बर १ मा हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  २१:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement