site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भएको एउटा विमान पनि ग्राउन्डेड भएपछि निगमको आन्तरिक उडान ठप्प

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडान ठप्प भएको छ । उडानमा रहेको एकमात्रै ट्विनअटर विमान पनि ग्राउन्डेड भएपछि निगमको आन्तरिक उडान पूर्णरूपमा बन्द भएको हो ।

निगमसँग आन्तरिक उडानमा दुई थान ट्विनअटर विमान छन् । तीमध्ये एउटा विमान गत जेठदेखि ग्राउन्डेड छ । अर्को पनि हालै ग्राउन्डेड भएको छ ।

प्राविधिक समस्या आएकाले आइतबारदेखि आन्तरिक उडान हुन नसकेको निगमका प्रवक्ता रमेश पौडेलले बताए । उनले सकेसम्म चाँडै विमान उडान सेवा सञ्चालन गरिने बताए ।

“प्राविधिक समस्या आएकाले केही समयलाई विमान ग्राउन्डेड भएको हो,” उनले भने, “समस्या समाधानका लागि आवश्यक प्रक्रियामा सुरु भइसकेको छ । अघिल्लो विमान ग्राउन्डेड भएलगत्तै यो प्रक्रिया सुरु भएको हो । ताकेता गरेर छिट्टै काम हुन्छ ।”

निगमले काठमाडौं र क्षेत्रीय हब विमानस्थलबाट दुर्गम क्षेत्रमा आन्तरिक उडान गर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० विमान छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro