देश
काठमाडौं । प्रहरीले ललितपुरस्थित कृषि विकास सहकारीका अध्यक्षलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।
अध्यक्ष तेजविक्रम थापासहितको समूहले सहकारीको करोडौं रकम अपचलन गरेको उजुरीपछि उनलाई पक्राउ गरेको हो ।
सहकारीको निक्षेप दुई अर्ब ८० करोड रहेको खुलेको छ । त्यसमध्ये ९५ करोड रुपैयाँ अपचलन गरेको उजुरी परेपछि थापासहित सञ्चालक समितिका चारजना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा थापासहित सजना राजकर्णिकार, सञ्जय सापकोटा र भीमसेन महर्जन रहेका छन् ।
हालसम्म ५६६ जनाले प्रहरीमा उजुरी दिएका छन् ।
प्रकाशित मिति: आइतबार, असार २, २०८१ १०:४९
प्रतिक्रिया दिनुहोस्