site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तनहुँको ढाँडखोला निबुस्वाँरामा झोलुङ्गे पुल निर्माण हुँदै
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

तनहुँ । भानु नगरपालिकाका दुई वडा जोड्ने ढाँडखोला निबुस्वाँरामा १२० मिटर लामो झोलुङ्गे पुल निर्माण सुरू भएको छ । 

भानु नगरपालिका, झोलुङ्गे पुल क्षेत्रफल कार्यक्रम, गण्डकी प्रदेश सरकारको सहयोगमा निर्माण हुने पुलको शनिबार शिलान्यास भएको हो । भानु नगरपालिका–१ साखेटार र वडा नं ५ ढाँडखोला जोड्ने पुल निर्माणका लागि संघीय सरकारको ८५ प्रतिशत, स्थानीय सरकारको १३ प्रतिशत लगानी रहनेछ भने स्थानीय उपभोक्ताले दुई प्रतिशत साझेदारी गर्ने छन् । 

भानु नगरपालिका–५ का वडाध्यक्ष नहकुल अधिकारीले पुलको शिलान्यास गरेका हुन् । उनका अनुसार ७१ लाख ३१ हजार ५१८ रुपैयाँको लागतमा पुल निर्माण हुनेछ ।  वि‍‍.सं. २०८० जेठ ३ गते पुल निर्माणको सम्झौता भएको थियो । सम्झौताअनुसार आगामी असार मसान्तसम्ममा  निर्माण पूरा गर्नुपर्नेछ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  ०९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement