site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कर्णाली प्रदेशको बजेटमा भौतिक पूर्वाधार र सहरी विकासलाई प्राथमिकता

सुर्खेत । कर्णाली प्रदेशमा आउँदो आर्थिक वर्षका निम्ति भौतिक र सहरी विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले शनिबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई आउँदो आवका लागि १० अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ । सामाजिक विकास मन्त्रालयका निम्ति पाँच अर्ब ७२ करोड र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका लागि दुई अर्ब ८६ करोड रुपैयाँ रकम विनियोजन गरिएको छ ।

यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई २९ करोड ६४ लाख, भूमि, व्यवस्था र कृषि मन्त्रालयका निम्ति एक अर्ब ८६ करोड र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि एक अर्ब ९४ करोड रुपैयाँ विनियोजन गरिएको छ । रासस

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १७:२६
प्रतिक्रिया दिनुहोस्