site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जलेश्वरमा जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार

जलेश्वर । महोत्तरीमा नेपाल र भारतको मुख्य सीमानाका रहेको जलेश्वर भन्सारअगाडि जानकी मन्दिरको अनुभूति गराउने प्रवेशद्वार निर्माण गरिएको छ ।

जलेश्वर भन्सार कार्यालयको एक करोड ८८ लाख ३३ हजार ९३९ रुपैयाँ लागतमा जनकपुरमा अवस्थित जानकी मन्दिरजस्तै आकर्षक प्रवेशद्वार निर्माण गरिएको जलेश्वर भन्सार कार्यालयका प्रमुख अमित पौडेलले बताए ।

Dabur Nepal
NIC Asia

प्रवेशद्वारमा जानकी मन्दिरको जस्तै आकर्षक बुट्टा काट्ने, रङरोगन गर्ने र बत्ती जडान गर्न भन्सारले चालु आवमा पुनः ६६ लाख ९३ हजार १८५ रुपैयाँ प्रदान गरेको थियो ।

विश्वसम्पदा सूचीमा समावेश गर्न सिफारिस गरिएको जनकपुरस्थित जानकी मन्दिरजस्तै देखिने यो प्रवेशद्वार हेर्न महोत्तरी आसपास क्षेत्रका साथै भारतबाट पनि दैनिक सयौँ मानिस आउने गरेका छन् । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १, २०८१  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro