site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
२० जनालाई रोजगारी दिने व्यवसायीलाई करमा शतप्रतिशत छुट दिने महानगरको घोषणा
फाइल तस्बिर ।

काठमाडौं । आगामी आर्थिक वर्षदेखि काठमाडौं महानगरपालिकाले कम्तीमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई सुरुका तीन वर्ष व्यवसाय करमा शतप्रतिशत छुटको घोषणा गरेको छ ।

शुक्रबार महानगरको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख बालेन्द्र शाहले यस्तो घोषणा गरेका हुन् । उनले काठमाडौं महानगरपालिकाबाट कार्यान्वयन हुने विकास निर्माणसम्बन्धी कार्यक्रममा आवश्यक जनशक्तिमध्ये कम्तीमा ३० प्रतिशत महानगरपालिकाको श्रम बैंकमार्फत आपूर्ति गरिने व्यवस्था मिलाइने बताए ।

महानगर क्षेत्रका सहकारी संस्थाहरूको कारोबारलाई विद्युतीय प्रणालीमा आवद्ध गरी थप व्यवस्थित बनाइने उल्लेख गरे । सहकारी सूचना केन्द्रको स्थापना गरी बचत संकलन ऋण परिचालन तथा संस्थाको सुशासन कार्यलाई प्रभावकारी बनाइने जानकारी दिए ।

मेयर साहले विद्यार्थीको मानसिक तथा शारीरिक विकासका लागि खेलकुदलाई पूर्वप्राथमिक तहदेखि अनिवार्य गरिने बताए । सबै स्रोत केन्द्रमा कम्तीमा एक जना मनोपरामर्शदाता र एक जना नर्सको व्यवस्था गरिने उल्लेख गरे ।

मेयर साहले २०० भन्दा कम विद्यार्थी भएका विद्यालयहरुरूमा सेन्टर किचनको अवधारणा ल्याउने बताए । सामुदायिक तथा संस्थागत विद्यालयमा गैरसरकारी संस्थाबाट उपलब्ध गराउँदै आएको छात्रावृत्तिलाई काठमाडौं महानगरपालिकाको एकद्वार प्रणालीमार्फत वितरण गर्ने व्यवस्था मिलाइने जानकारी दिए । अटिजम भएका विद्यार्थीलाई लक्षित गर्दै विशेष विद्यालय स्थापना गरी सञ्चालन गरिने उल्लेख गरे ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  २२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro