site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युक्रेनले रुसकै सम्पत्ति उसका विरुद्ध प्रयोग गर्न पाउने, ५० अर्ब डलर ऋण जुटाउने सहमति
Tiktok banner adTiktok banner ad

रोम । जी–७ राष्ट्रहरूको शिखर सम्मेलनमा बिहीबार युक्रेनलाई ५० अर्ब डलर ऋण जुटाउन रुसको जफत गरिएको सम्पत्ति प्रयोग गर्ने सहमति भएको छ । युक्रेनले यो रकम प्रयोग गर्नेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन्, “यो रुसका निम्ति अर्को चेतावनी हो कि हामी पछि हटिरहेका छैनौँ ।” जवाफमा रुसले यसको परिणाम ‘धेरै दर्दनाक’ हुने चेतावनी दिएको छ ।

युक्रेनको दीर्घकालीन विकासका लागि यो रकम महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ । इटालीमा जारी जी–७ को शिखर सम्मेलनका क्रममा युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेन र अमेरिकाबीच १० वर्षका निम्ति दुईपक्षीय सुरक्षा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । युक्रेनले यो सम्झौतालाई ऐतिहासिक भनेको छ ।

सम्झौतामा युक्रेनलाई अमेरिकी सैन्य प्रशिक्षणबारे उल्लेख छ । तर, युद्धका निम्ति अमेरिकी सेना नै युक्रेन जाने उल्लेख छैन ।

सन् २०२२ मा रुसले युक्रेनमाथि हमला गरेपछि युरोपेली संघका साथै जी–७ ले लगभग ३२५ अर्ब डलर मूल्यको रुसी सम्पत्ति ‘फ्रिज’ गरिदिएको छ । यो सम्पत्तिले हरेक वर्ष तीन अर्ब डलर ब्याज कमाइरहेको छ ।

जी–७ को योजनाअनुसार, तीन अर्ब डलरको प्रयोग युक्रेनका लागि अन्तर्राष्ट्रिय बजारबाट लिइने ५० अर्ब डलरको ऋणको बर्सेनि ब्याज तिर्न प्रयोग गरिनेछ ।

बिहीबारदेखि इटालीको अपुलियामा तीनदिने जी–७ बैठक सुरु भएको हो । जी–७ मा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका समेत सात सदस्य राष्ट्र छन् । यसअघि, रुस समेत जी–८ रहेकामा क्राइमियालाई अपदस्थ गरेपछि उसको सदस्यता निलम्बन गरिएको थियो । अहिले इटाली जी–७ को अध्यक्ष छ ।

विश्वव्यापी कुल गार्हस्थ उत्पादन (जीडीपी)को ३० प्रतिशत जी–७ राष्ट्रले  ओगटेका छन् । अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलेई र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अतिथिका रूपमा यसपालि शिखर सम्मेलनमा निमन्त्रणा गरिएको छ । बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ०९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro