site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कारसँग ठोक्किएर बस त्रिशूली नदी किनारमा खस्यो : २० जना घाइते, पाँचको अवस्था गम्भीर

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजारनजिक आज बिहान दुई सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । पाँचजनाको अवस्था गम्भीर छ ।

नेपालगन्जबाट काठमाडौंतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ । काठमाडौंबाट मुग्लिनतर्फ गइरहेको वाग्मती प्रदेश ०२–०३९च ३७२० नम्बरको कारसँग ठोक्किँदा बस नदी किनारमा खसेको हो । कारलाई जोगाउन खोज्दा बस नदीमा किनारमा खसेको एक प्रत्यक्षदर्शीले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार, कारमा सवार पाँचजना गम्भीर घाइते छन् । बसमा ४५ यात्री सवार थिए । बसका १५ यात्री सामान्य घाइते छन् ।

गम्भीर घाइते भएका कारमा सवार सबै यात्रीलाई उपचारका निम्ति चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ०९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro