site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रुपन्देहीमा कार दुर्घटना, तीनजनाको मृत्यु

काठमाडौं । रुपन्देहीमा कार दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१३ भ्युप्वाइन्टमा बुधबार राति साढे ८ बजे कार दुर्घना हुँदा तीनजनाको मृत्यु भएको हो । 

दुर्घटनामा बुटवल १० बस्ने स्याङ्जा पुतलीबजारका ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा ३ बस्ने ५७ वर्षीया आशा श्रेष्ठ र ५० वर्षीया भगवती श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहर भट्टले बाह्रखरीलाई जानकारी दिए । शर्मा चालक हुन् ।  

Dabur Nepal
NIC Asia

दुर्घटनामा दुईजना घाइते भएका छन् । बुटवल उपमहानरपालिका ९ बस्ने चन्दा श्रेष्ठ र सोही ठाउँ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते भएका छन् । घाइतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नुवाकोटबाट बेलबासतर्फ आउँदै गरेको कार दुर्घटनामा उक्त हताहत भएको हो । डीएसपी भट्टका अनुसार लु २ च ८५३१ नम्बरको कार कार अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खसेको थियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ०६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro