site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसदका नाममा बजेट छुट्याउने मधेस सरकारको निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश
Tiktok banner adTiktok banner ad

काठमाडौं । सांसदका नाममा बजेट छुट्याउने मधेस प्रदेशको निर्णयविरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा सांसदहरूलाई परियोजना छनोट गर्न दिनेगरी बजेट छुट्याएपछि त्यसविरुद्ध परितोषकुमार साहसहित दुईजनाले यही जेठ २९ गते सर्वोच्चमा रिट दायर गरेका थिए । संघीय सरकारले निर्वाचन क्षेत्र विकासका नाममा चालु आर्थिक वर्षमा सांसदहरूले परियोजना छनोट गर्नेगरी बजेट छुट्याएको थियो ।

त्यसलाई सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै रोकिदिएको थियो । सर्वोच्चको अन्तरिम आदेशविरुद्ध संघीय संसद्सहित सरकारले लगेको भ्याकेट निवेदन सर्वोच्चले स्वीकार गरेको छ । तर, फैसला भने भइसकेको छैन ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro