अर्थ व्यवसाय
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले प्रशासन महाशाखा प्रमुख रहेका डा. टोकराज पाण्डेलाई जिम्मेवारीबाट हटाएका छन् ।
उनले अर्थ मन्त्रालयकै सहसचिव नारायणप्रसाद सापकोटालाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिएका छन् ।
सापकोटा प्रधानमन्त्री कार्यालयबाट केही महिनाअघि अर्थ मन्त्रालयबाट सरुवा भएर आएका हुन् ।
पाण्डे यसअघि त्रिभुवन विमानस्थर भन्सार कार्यालय प्रमुख थिए । पाण्डे अहिले मन्त्रालयमै जगेडामा राखिएको स्रोतले जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१ १७:३९
प्रतिक्रिया दिनुहोस्