site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विदेश पठाइदिने भन्दै १५ करोड ठगी, ‘नाइके’ पक्राउ पर्दा खुल्यो पीडित नै जेल पुगेको रहस्य

काठमाडौं । अमेरिका, क्यानडा, फ्रान्सलगायत मुलुकमा पठाइदिने भन्दै १५ करोड रुपैयाँभन्दा बढी रकम ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गिरोहका ‘नाइके’सहितको समूहलाई सोमबार (हिजो) नियन्त्रणमा लिएको हो । प्रहरीले मंगलबार उनीहरूलाई सार्वजनिक गरेको छ ।

गिरोहका एकजनालाई भारतको नयाँ दिल्लीबाट पक्राउ गरेर नेपाल ल्याइएको थियो । पक्राउ पर्नेमा चितवनका २८ वर्षीय राजकुमार भट्ट, कास्कीका २३ वर्षीय पवन पन्त र कास्कीकै २२ वर्षीय नवीन विक छन् ।

उनीहरूले वैदेशिक रोजगारीमा विभिन्न मुलुक पठाइदिने भन्दै करिब ३०० जनाबाट करोडौँ रकम असुल गरेको उक्त कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए । भट्टको समूहले १५ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

एसएसपी भट्टराईका अनुसार, भट्टको समूहले विभिन्न मुलुक पठाइदिने भन्दै फेसबुकमार्फत विज्ञापन गर्ने गरेको थियो । पीडितलाई विभिन्न ठाउँमा बोलाएर युरोप, अमेरिका पठाइदिने भन्दै मोटो रकम लिएर उनीहरू सम्पर्कविहीन हुने गरेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनीहरूले रविन आले, महेश थापा र थापा हरिका नामबाट नक्कली फेसबुक आईडी बनाएर ठगी गरेका थिए । समूहका नाइके भट्ट भएको प्रहरीले जनाएको छ । उनले पीडितले पठाएको रकम अरू व्यक्तिको खातामार्फत प्रयोग गर्ने गरेको पाइएको छ ।

भट्टको समूहले पीडितबाट रकम संकलन गर्न विभिन्न व्यक्तिका नागरिकता र बैंक खाता दुरुपयोग गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । प्रहरीले भट्टमाथि ठगी मुद्दामा अनुसन्धान जारी राखेको छ ।

qefag-1718100809.jpg
पीडित नै थुनामा
भट्टबाट ठगिएका पीडित नै जेल पुगेको पनि प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । वैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारमा उनीहरू जेल पुगेका हुन् ।

भट्टबाट ठगिएका सातजना जेल पुगेको खुलेको छ । विभागको न्याय निरूपण इकाइले उल्टै पीडितसँग मोटो रकम माग गरेपछि धरौटी बुझाउन नसकेर उनीहरू जेल पुगेका हुन् ।

उनीहरूलाई डिल्लीबजार कारागारमा राखिएको छ । जेल पुग्नेहरूमा सुनबहादुर बुढा, राजुकमार बस्नेत, प्रभाकर भट्टराई, हरिबहादुर कामी, शेरबहादुर तामाङसहितका व्यक्ति छन् ।

उनीहरूका बैंक खाता प्रयोग गरिएको देखिएपछि पीडितले वैदेशिक रोजगार  विभागमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा विभागले अनुुसन्धान सुरु गरेको थियो । तर, उनीहरू आफैँ पीडित भएको खुलेको प्रहरीले जनाएको छ ।

जेल पुगेका मध्ये बस्नेतसहितका पीडितले प्रहरीमा उजुरी नै दिएका छन् । भट्टले ठगी गर्ने उद्देश्यले बस्नेतसहितका व्यक्तिका बैंक खातामा रकम जम्मा गर्न लगाउने र पछि उनीहरूलाई नगद झिक्न लगाएर लिने गरेका थिए ।

उनीहरूलाई आफ्नो निजी कम्पनीमा काम लगाइदिने भन्दै भट्टले बैंक खाता खोल्न लगाएका थिए । उनीहरूका उक्त खातामा भट्टले अरू पीडितलाई रकम जम्मा गर्न लगाउने गरेको खुलेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro