site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रुसी सैन्य विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

मस्को । उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानका क्रममा एक रुसी सैन्य जेट दुर्घटना हुँदा त्यसमा सवार दुईजनाको मृत्यु भएको रक्षा मन्त्रालयले मंगलबार जनाएको छ । सुखोई–३४ जेट पहाडी क्षेत्रमा दुर्घटना भएको विज्ञप्तिमा उल्लेख छ ।

प्राविधिक समस्याका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट आकलन गरिएको छ । दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान सुरु गरिएको बताइएको छ ।

पूर्वसोभियत जर्जियाको सिमानामा रहेको उत्तर ओसेटिया युक्रेनको ‘फ्रन्टलाइन’बाट करिब ८०० किलोमिटर टाढा छ । रासस/एएफपी

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro