site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंको तापक्रम फेरि ‘उच्च’, धनगढीमा ४४ डिग्री सेल्सियस
फाइल तस्बिर ।

काठमाडौं । केही दिनयता देशका धेरै स्थानमा तापक्रम बढेको छ । काठमाडौंसहित विशेष गरी तराई क्षेत्रमा गर्मी बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार (जुन १०) ‘सबैभन्दा बढी’ तापक्रम धनगढीमा ४४ डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार धनगढीको अधिकतम तापक्रम ४२.९ डिग्री सेल्सियस थियो । गएको शनिबार धनगढीको अधिकतम तापक्रम ४१.९ डिग्री सेल्सियस मापन गरिएको थियो । धनगढीमा यो वर्षकै बढी तापक्रम ४४.१ डिग्री सेल्सियस यसअघि मापन गरिएको थियो ।

महाशाखाले सोमबार सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये नेपालगन्जको अधिकतम तापक्रम ४३.६ डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार नेपालगन्जको अधिकतम तापक्रम ४२.६ डिग्री सेल्सियस थियो । शनिबार नेपालगन्जको अधिकतम तापक्रम ४१.८ डिग्री सेल्सियस मापन गरिएको थियो । गएको मे ३० मा नेपालगन्जको अधिकतम तापक्रम ४४.२ डिग्री सेल्सियस मापन गरिएको थियो । यो वर्ष नेपालगन्जको उक्त तापक्रम नै अहिलेसम्म बढी भएको महाशाखाका मौसमविद् गोविन्द झाले बाह्रखरीलाई जानकारी दिए ।

सोमबार वीरेन्द्रनगरको अधिकतम तापक्रम ४०.९, दिपायलको ४०.७, भैरहवाको ३९.८, घोराहीको ३९.६, सिमराको ३७.५, जनकपुरको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस मापन गरिएको छ ।

आइतबार वीरेन्द्रनगरको अधिकतम तापक्रम ४०.४, दिपायलको ४०.२, भैरहवाको ३८.२, घोराहीको ३९.३, सिमराको ३७.७, जनकपुरको अधिकतम तापक्रम ३८.० डिग्री सेल्सियस थियो । शनिबार वीरेन्द्रनगर र दिपायलको अधिकतम तापक्रम समान ३९.५, भैरहवाको ३८.२, घोराहीको ३७.७,  सिमराको ३७.३, जनकपुरको अधिकतम तापक्रम ३७.८ डिग्री सेल्सियस मापन गरिएको थियो ।

सोमबार काठमाडौंको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस मापन गरिएको छ । यो तापक्रम यस वर्षका निम्ति अहिलेसम्म उच्चबराबर भएको मौसमविद् झाले बताए । महाशाखाका अनुसार, यो वर्ष काठमाडौंको सबैभन्दा बढी तापक्रम जेठ १७ र जेठ ११ मा पनि समान ३४.४ डिग्री सेल्सियस नै मापन गरिएको थियो ।

आइतबार (हिजो) काठमाडौंको अधिकतम तापक्रम ३३.८ डिग्री सेल्सियस थियो । शनिबार काठमाडौंको अधिकतम तापक्रम ३१.९ डिग्री सेल्सियस मापन गरिएको थियो ।

महाशाखाका अनुसार, काठमाडौंको हालसम्मकै उच्च तापक्रम भने ३६.६ डिग्री सेल्सियस हो । सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता उक्त ‘रेकर्ड ब्रेक’ नभएको महाशाखाले जनाएको छ ।

यही जेठ १७ गते कैलालीको टीकापुरमा ४५.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । त्यो नै यो वर्ष नेपालभित्र मापन गरिएको अहिलेसम्म उच्च तापक्रम भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, नेपालमा हालसम्मकै उच्च तापक्रम सन् १९९५ मा मापन गरिएको थियो । १९९५ जुन ५ मा धनगढीको अधिकतम तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो । सन् १९९५ मा नेपालगन्ज र भैरहवामा ४५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।

महाशाखाले हरेक दिन बिहान न्यूनतम र बेलुका अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने गर्छ ।

यो वर्षको मनसुन प्रणाली सोमबार (आज) नेपाल भित्रिएको छ ।

महाशाखाले सोमबार सार्वजनिक गरेको तापक्रमको विवरण हेर्नोस्–

tp-1718025720.JPG
 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro