site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेञ्चुरी बैंकका पूर्वअध्यक्ष श्रेष्ठसहित यी हुन् पक्राउ परेका आठजना, के हो आरोप ?
राजेश श्रेष्ठ । फाइल तस्बिर ।

काठमाडौं । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहितको समूहले दुई अर्ब ११ करोड रुपैयाँभन्दा बढी रकम कमसल धितोमा दिएको खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानका क्रममा यस्तो तथ्य खुलेको हो ।

कमसल धितोमा बढी ऋण प्रवाह गरेको पाइएपछि उनीसहित आठजनालाई सीआईबी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरका श्रेष्ठसहित दैलेखका सुनीलकुमार न्यौपाने, ललितपुरका प्रा. डा. गीता प्रधान, सिरहाका रमेशकुमार निरौला, भोजपुरकै रणबहादुर श्रेष्ठ, काठमाडौंका राजेशकुमार दली, चितवनका उमाकुमारी श्रेष्ठ र मोरङका शिवगोपाल रिसाल छन् ।

राजेश श्रेष्ठ बैंक सञ्चालक समितिको अध्यक्ष हुँदा शिवगोपालबाहेक सबै सदस्य थिए । शिवगोपाल भने बैंकको निक्षेप संकलन प्रमुख थिए । उनीहरूलाई सोमबार (आज) ललितपुर र काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको सीआईबीले जानकारी गराएको छ ।

रवीन्द्र चौलागाईंले सञ्चालन गरेको देउराली सहकारी र उनकै विभिन्न कम्पनीलाई कमसल धितोका आधारमा बैंकबाट कर्जा प्रवाह गरी घोटाला गरिएको खुलेको सीआईबीले जनाएको छ ।

सोही प्रकरणमा गएको फागुन १५ गते तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र बैंकका अर्का कर्मचारी तुलसी गौतमलाई सीआईबी टोलीले पक्राउ गरेको थियो । न्यौपाने र गौतम पक्राउको दुई हप्तापछि जिल्ला सरकारी वकिल कार्यालयमा बयान सकिएपछि हाजिरी जमानीमा छुटेका थिए ।

हाल हाल सेञ्चुरी बैंक प्रभु बैंकमा गाभिइसकेको छ ।

देउराली सहकारीलाई सरकारले संकटग्रस्त घोषणा गरेको छ । सहकारीका अध्यक्ष चौलागाईं हाल पुर्पक्षका निम्ति जेलमा छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro