site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीको स्पष्टीकरण– एमाले समाप्त हुने देखेपछि संसद् विघटन गरेँ 
तस्बिर : केपी ओलीको सचिवालय ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको अस्थित्व समाप्त हुने देखेपछि आफूले तत्कालीन अवस्थामा संसद् विघटन गरेको बताएका छन् ।

एमाले काठमाडौं जिल्लाको सातौँ अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले पार्टीभित्रकै केही व्यक्तिले एमालेलाई दक्षिणपन्थी शक्तिको पाउमा बुझाउने देखेपछि आफूले संसद् विघटन गरेको जिकिर गरे । संसद् विघटन भएकै कारण अहिले पनि एमाले अस्थित्वमा रहेको उनको भनाइ थियो ।

आफू नेतृत्वको सरकारले देश र जनताका पक्षमा धेरै राम्रा काम गरेकाले अदालतबाट विपक्षीलाई प्रधानमन्त्री बनाइएको उनको जिकिर छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्ति मिलेर एमालेमाथि हमला गरेर कमजोर बनाउने प्रयास गरिए पनि कार्यकर्तापंक्तिले पार्टीलाई बचाएको उनले बताए ।

अध्यक्ष ओलीले एमालेबाहेक अरू कसैसँग देश विकासको स्पष्ट ‘भिजन’ र नीति नरहेकाले ‘मिसन–८४’ नेपालको राजनीतिमा ‘टर्निङ प्वाइन्ट’ हुने उल्लेख गरे ।

आउँदो निर्वाचनबाट ‘काठमाडौं जिल्ला एमालेको किल्ला’ हुने उनले बताए । उनले जिल्ला अधिवेशनमा नेतृत्व लिने नाममा पार्टी र संगठनलाई विभाजन गर्ने काम नगर्न निर्देशन दिए । 

तीन दिनसम्म चल्ने अधिवेशनमा काठमाडौंका विभिन्न पालिकाबाट गरी ५८५ प्रतिनिधि सहभागी भएका छन् ।

अधिवेशन उद्घाटनक्रममा ओलीले व्यक्त गरेको भनाइ पढ्नोस्–
कतिपय मान्छेहरूले कहिल्यै पनि कुरा नबुझ्ने प्रवृत्ति देख्दाखेरि म छक्क पर्छु । पुस ५ गते अरू सबै ठिकै थियो । पुस ६ गते संसद्चाहिँ भंग नगरेको भए हुन्थ्यो, संसद् भंग किन गर्नुपर्‍यो ? त्यो हाम्रो रहर थियो ? सबभन्दा प्रमुख पार्टी हामी भएका थियौँ । अर्को पार्टीलाई पनि मिलाएर बहुमत पुर्‍याएका थियौँ । झन्डै दुईतिहाइको स्थिति हामीले बनाएका थियौँ । पार्टी भित्रैबाट, बाहिरी शक्तिहरूले हामीलाई केही गर्न सक्नेवाला थिएन । पार्टी भित्रैबाट हुँडालो मच्चाएर बुुरुकबुरुक उफ्रिएको छ । बैठक बैठकजस्तो हुँदैन । चलाइसक्नु छैन । विकास, निर्माणको काम भएको छ । अरू काम भएको छ । पुनर्निर्माणको काम भएको छ । सबै कामहरू भएको छ, तर देख्दैन । भइँचालोले भत्काएका साढे आठ लाख घर बनाएको छ । पुनर्निर्माणका अनेक कामहरू भएका छन्, देख्दैन । अनेक नयाँ राजमार्ग बनेका छन्, देख्दैन । हजारौँ पुल बनेका छन्, देख्दैन । तुइन विस्थापन भएको छ, देख्दैन । हवाई मैदानहरू बनेका छन्, देख्दैन । राति पनि उड्ने गरी सुविधा विस्तार भएको छ, त्यो पनि देख्दैन । फोरजी सेवा देशभर विस्तार भएको छ, त्यो पनि देख्दैन । हरेक क्षेत्रका विकासको गति आएको छ, त्यो पनि देख्दैन । सडक मानवरहित सडक बनाएको छ । बालबालिकालाई खातेबाट अभिभावकत्व दिएको छ, त्यो देख्दैन । ज्येष्ठ नागरिकहरूको भत्ता बढाएको छ, त्यो देख्दैन । आज पनि उफ्रिएको छ, भोलि पनि उफ्रिएको छ, कसरी सरकार ढाल्ने भनेको छ । अनि, दौडिएर विपक्षलाई प्रधानमन्त्री बनाउन कुदेको छ । अदालतमा गएको छ । अनि, फेरि कुरा ठूलो गर्‍या छ । त्यति बेला प्रतिनिधिसभा विघटन नगरेको भए आज नेकपा (एमाले) भन्न पाउँदैन थियौँ हामीले । यो अन्तै लगेर बुझाइसकेको हुन्थ्यो । दक्षिणपन्थी शक्तिहरूको पाउमा जसरी सरकार बुझाइयो, एमाले पनि बुझाइसक्या हुन्थ्यो । अनि, तपाईंहरूले देख्नु भएन ? नवौँ महाधिवेशनबाट निर्वाचित भएको अध्यक्ष, जसले पार्टीलाई प्रमुख हैसियतमा मात्रै होइन, मजबुत हैसियतमा पुर्‍याएको छ, सबभन्दा ठूलो पार्टी बनाएको छ । जसले देशभरका पार्टीलाई मिलाएर झन्डै दुईतिहाइको मजबुत शक्ति बनाएको छ, उसैलाई साधारण सदस्यबाट समेत निकालेको देख्नु भएन ? हिमालयन टेली भ्वाइस र न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro